घोडाघोडी– कैलालीमा दिदीबहिनी मृत अवस्थामा भेटिएका छन्। घोडाघोडी नगरपालिका–१० थेबरका कलेशु चौधरीकी दुई छोरी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरु मंगलबार बिहान घरको माथिल्लो तलाको धुरीमा झुन्डिएको अवस्थामा भेटिएका हुन्।
कार्यालयका अनुसार २७ वर्षीया श्रीमालु चौधरी र २२ वर्षीया इन्द्रा चौधरी रहेका छन्। प्रारभ्मिक अनुसन्धानका क्रममा श्रीमालुले केही वर्षदेखि मुटु रोग र इन्द्राले डिप्रेशनको औषध खाइरहेको पाइएको छ। हाल घटनाबारे थप अनुसन्धान भइरहेको छ।