ढोरपाटनका मेयर देवकुमारविरुद्ध रेडकर्नर नोटिस जारी

राम्रो अनलाइन     १२ माघ २०८०, शुक्रबार
ढोरपाटनका मेयर देवकुमारविरुद्ध रेडकर्नर नोटिस जारी

काठमाडौँ– बागलुङको ढोरपाटनका मेयरसमेत रहेका इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष देवकुमार नेपालीलाई पक्राउ गर्न प्रहरीले रेड कर्नर नोटिस जारी गरेको छ ।

गत जेठ ५ गतेबाट फरार भएका इमेज सहकारीका संस्थापक अध्यक्ष मेयर नेपालीले बागलुङ र पोखरामा इमेज सहकारीको झण्डै सवा २ अर्ब रुपैयाँ अपचलन गरेकोे आरोपमा पक्राउ पुर्जी जारी भएको छ ।

सहकारीको रकम हिनामिनाको आरोपमा सहकारीका अध्यक्ष देवकुमार नेपाली, उनकी श्रीमतिसहित आठजनालाई प्रतिवादी बनाइएको छ ।  बैसाखदेखि फरार नेपाली र उनकी श्रीमति छेला नेपालीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले इन्टरपोलमार्फत रेड कर्नर नोटिस जारी गरेको हो ।

त्यस्तै प्रहरीले सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई समेत पक्राउ गरेको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सिआईबी०ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष २७ वर्षीया सुनारलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो । 

प्रतिक्रिया