धार्के–सीतापाइला सडक अनिश्चितकालका लागि बन्द

राम्रो अनलाइन     ०४ कात्तिक २०८१, आइतबार
धार्के–सीतापाइला सडक अनिश्चितकालका लागि बन्द

 

काठमाडौँ – काठमाडौँको सीतापाइलाबाट धादिङको धार्के पुगिने वैकल्पिक मार्ग धार्के–सीपाताइला सडक अनिश्चितकालका लागि बन्द हुने भएको छ । धार्के–ठुलोखोला खण्डमा आइतबारदेखि दोस्रो लेयरको कालोपत्रे गर्ने कार्य सुरु भएकाले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो । 

धुनेबेसी नगरपालिका वडा नम्बर ५ ले आइतबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो ।

 

प्रतिक्रिया