पछिल्लो २४ घण्टामा ३१८ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका अनुसार बुधबार ३१८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै नेपालमा संक्रमित हुनेको संखया २ लाख ६८ हजार ३१० पुगेको छ ।
यसैगरी पछिल्लो २४ घण्टामा ६ जनाको कोरोना संक्रमितको ज्यान गएको छ । हालसम्म नेपालमा १ हजार ९७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
बुधबार ३८३ जना कोरोना संक्रमित निको भएका छन् । निको भएकासँगै नेपालमा २ लाख ६२ हजार ६४२ कोरोना संक्रमित निको भइसकेका छन् ।
हाल नेपालमा ३ हजार ६९३ जना सक्रिय संक्रमित रहेका छन् भने १७२ जना क्वारेन्टिनमा रहेका छन् ।
यस्तै १६५ जना आईसीयूमा राखेर उपचाररत रहेको प्रवक्ता डा. गौतमले बताएका छन् । उनका अनुसार भेन्टिलेटरमा ३३ जनाको उपचार भइरहेको छ ।