बिर्तामोड– बिर्तामोड स्थित मनमोहन सामुदायिक अस्पतालमा डाक्टरको लापरबाही का कारण एक महिलाको मृत्यु भएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।

घुँडामुनि सुन्निएको समस्या लिएर बिर्तामोड की ३५ वर्षीया नर्वदा बाँसकोटालाई सोमबार बिहान मनमोहन अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारमा भएको लापरवाहीले उनको मृत्यु भएको भन्दै आफन्तहरु क्षतिपूर्ति र स्वास्थ्यकर्मीलाई कारबाहीसहित प्रदर्शनमा उत्रेका छन् ।
इमरजेन्सीमा भर्ना भएको बिरामीको दिनभर राख्दा समेत कुनै पनि रिपोर्ट नदिएको र उपचार नगरेको आरोप आफन्तले लगाएका छन् ।
