छोराले गरे बाबुको हत्या 

राम्रो अनलाइन     ३१ वैशाख २०७८, शुक्रबार

दुल्लु, ३१ वैशाख  ः घरझगडा हुँदा दैलेखमा एक बाबुलाई छोराले बन्चरो प्रहार गरी हत्या गरेका छन् ।

डुङेश्वर गाउँपालिका– ६ डुङेश्वर बजारका २१ वर्षीय विकास बुढाले आफ्नै बाबू ४६ वर्षीय नकुल बुढालाई हत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक इन्द्रजीत सुनारले जानकारी दिए  । अभियुक्त विकासलाई प्रहरीले पक्राउन गरी थप अनुसन्धान शुरु गरेको छ ।
 

प्रतिक्रिया