छोराको छुरा प्रहारबाट बुबाको मृत्यु

राम्रो अनलाइन     ०७ साउन २०८२, बुधबार
छोराको छुरा प्रहारबाट बुबाको मृत्यु

सुनसरी–सुनसरीको देवानगञ्ज गाउँपालिका–२ निवासी ६० वर्षीय सचिव अंसारीको आफ्नै छोराको छुरा प्रहारबाट मृत्यु भएको छ । 

आज बिहान घरायसी जग्गासम्बन्धी विवादका क्रममा मृतकका छोरा मोहम्मद रियाज अंसारीले बुबाको छाती र ढाडमा छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका अंसारीलाई उपचारका लागि विराटनगरस्थित गोल्डेन अस्पताल लगिएको थियो । 

निजको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए। उनले छुरा प्रहार गर्ने मोहम्मदलाई नियन्त्रणमा लिई घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया