बजारमा सामान्य सुधार, तीन कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

राम्रो अनलाइन     १९ माघ २०८२, सोमबार
बजारमा सामान्य सुधार, तीन कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार (माघ १९) सेयर बजार झिनो अंकले बढेको छ । 

कारोबार खुलेको १० मिनेटमा बजार बढेर २७०६.९७ विन्दुमा पुगेको थियो । तर, यो वृद्धि धेरै समय टिक्न सकेन । ११ः१८ मा बजार २७०० मुनि फर्कियो । त्यसपछि बजारमा उतारचढाव आइरह्यो ।

आजको बजारमा नेप्से परिसूचक १.५३ अंकले बढेर २६९५.७३ विन्दुमा बन्द भएको छ । यस दिन ३३० कम्पनीको कारोबार हुँदा ११४ कम्पनीको मूल्य घट्यो, १३४ को घट्यो भने १३ को स्थिर रह्यो । 

कारोबार रकमका आधारमा आज आठ अर्ब २२ करोड ३९ लाख रुपैयाँभन्दा बढीको कारोबार भयो । अघिल्लो दिन नौ अर्बभन्दा माथिको कारोबार भएको थियो । 

कारोबारमा आएका कम्पनीमध्ये एसवाई प्यानल, श्रीनगर एग्रिटेक, हिमस्टार ऊर्जाको मूल्य १० प्रतिशतले बढेको छ । त्यसपछि सान्भी इनर्जी र बन्दीपुरको क्रमशः ९.९४ र ९.९३ प्रतिशतले बढेको छ । 

प्रतिक्रिया