काठमाडौं : बजाज अटो लिमिटेड बजार पुँजीकरण १.६ लाख करोड नाघ्ने विश्वव्यापी रूपमा पहिलो दुईपांग्रे कम्पनी बनेको छ ।
बजाज अटो लिमिटेडको शेयर मूल्य बुधबार एनएसईमा प्रतिशेयर रु.५५६६.४ रुपैयाँ पुगेर बजार पुँजीकरण रु.१६१०७३.२१६ करोडमा समेटिएको थियो ।
विश्लेषकका अनुसार यसअघि विश्वमा कुनै पनि अन्तर्राष्ट्रिय दुईपांग्रे सवारी कम्पनीले रु १.६ लाख करोडभन्दा बढीको बजार पुँजीकरण हासिल गर्न सकेका छैनन् । बजाज अटोको यात्रा भारतमा ७५ वर्ष पहिले सुरु भएको थियो । हाल कम्पनीले पल्सर, बक्सर, प्लेटिना र आरईजस्ता ब्रान्ड विश्वका ७० भन्दा बढी देशमा बिक्री वितरण भइरहेका छन् ।
बजाज अटोले अस्ट्रियाको केटीएम एजीसँग साझेदारी गरेको छ । बजाज अटोले ट्राइम्फ युकेसँग विश्व बजारका सेवा प्रदान गर्न भारतमा उस्तै प्रकारका ट्राइम्फ मोटरसाइकलका नयाँ शृंखला बनाउन रणनीतिक साझेदारी गरेको बजाज अटोका प्रबन्ध निर्देशक राजीव बजाजले बताए ।
नेपालमा बजाज मोटरसाइकलको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी हो ।