भद्रकालीबाट पक्राउ गरिएका ६ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा

राम्रो अनलाइन     २६ चैत २०८०, सोमबार
भद्रकालीबाट पक्राउ गरिएका ६ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा

 

काठमाडौँ–  काठमाडौँको भद्रकालीबाट पक्राउ गरिएका ६ जनालाई प्रहरीले मुद्दा चलाएको छ। चैत २४ मा राजेन्द्र महतो, सुमन सायमी र रविन्द्र श्रेष्ठले गरेको प्रदर्शन स्थलबाट उनीहरू पक्राउ परेका हुन्। 

पक्राउ गरिएका मध्ये ६ जनाविरुद्ध थुनामा राखेर अनुसन्धान भइरहेको छ। उनीहरूलाई प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको छ। काभ्रे महाभारत गाउँपालिका–५ घर भएका २८ वर्षीय कुशल थिङ, काठमाडौँको तार्केश्वर नगरपालिका–६ घर भएका ३३ वर्षीय भुवन केसी, सुनसरीको ईनरुवा नगरपालिका–४ घर भएका ३९ वर्षीय सन्तोष मेहेता र सर्लाही धनकौला गाउँपालिका–२ घर भएका ५० वर्षीय राम प्रवेश शाहविरुद्ध मुद्दा चलाइएको छ। 

त्यस्तै, मकवानपुरको थाहा नगरपालिका–३ घर भएका ३३ वर्षीय उमेश मुक्तान र पाँचथर घर भएका ३३ वर्षीय सनम लिम्बुविरुद्ध पनि मुद्दा चलेको छ। उनीहरूलाई प्रहरी वृत सिंहदरबारको हिरासतमा राखिएको छ। 

प्रतिक्रिया