भाषा शैली जोगाउन मनाङमा तीन गीतको भिडियो बन्दै

राम्रो अनलाइन     ०६ असोज २०८१, आइतबार
भाषा शैली जोगाउन मनाङमा तीन गीतको भिडियो बन्दै

 

काठमाडाैं – स्थानीय भाषाशैली र परम्परा लोभ हुँदै गइरहेको अवस्थालाई मध्यनजर गरी माथिल्लो मनाङमा भाषाशैली जोगाउन मनाङी भाषाको ३ वटा गीतको म्युजिक भिडियो छायाङ्कन भइरहेको छ । 

पल घलेको ‘मनाङ्गे नानी’ र ‘ओे माया ओ’ बोलको मनाङ भाषाको गीत, सोनम गुरुङको ‘आमा’ बोलको मनाङ्गे भाषाको गीतको म्युजिक भिडियोको छायाङ्कन भइरहेको हो । मनाङी भाषाशैली र परम्परालाई जोगाइराख्न म्युजिक भिडियो निर्माण गर्न लागेको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले बताए।

‘वृद्धवृद्धाहरुको मृत्युु हुँदै जाने र युवकयुवती अध्ययन–अध्यापनका लागि विदेशिनाले भाषाशैली लोप हुँदै गएको छ’, उनले भने– ‘पुराना मानिस सकिएसँगै भाषा संस्कृति नै जाने डर छ । त्यसैले हाम्रो भाषा जोगाइराख्न यस म्युजिक भिडियोले सहयोग गर्नेछ ।’

शब्द सङ्गीत पल घले, गायकहरू दिका गुरुङ, सोनाम गुरुङ, पल घले र भ्वाइस अफ नेपाल सिजन छको टप ६ सम्म पुग्न सफल मनाङकै गायिका इना गुरुङ सबै मनाङका स्थानीय कलाकार हुन् । म्युजिक भिडियोमा विनोद गुरुङलगायत स्थानीय कलाकारले अभिनय गरेका छन् । उक्त म्युजिक भिडियो मनाङका ङावल, मनाङ गाउँ भ्राकालगायतका ठाउँमा छायाङ्कन भइरहेको छ ।

प्रतिक्रिया