‘छ माया छपक्कै २’ को शीर्ष गीत सार्वजनिक

राम्रो अनलाइन     ०७ असोज २०८३, बुधबार
‘छ माया छपक्कै २’ को शीर्ष गीत सार्वजनिक

काठमाडौं–प्रदर्शन तयारीमा रहेको फिल्म ‘छ माया छपक्कै २’ को शीर्ष गीत युट्युबमा रिलिज भएको छ । अन्य कलाकारलाई पनि समेटेर तयार पारिएको गीतको भिडियो मल्टि–स्टारर देखिन्छ ।

दीपकराज गिरी, केकी अधिकारी लगायतका कलाकार भिडियोमा फिचर्ड छन् । मुख्य महिला पात्र गर्भवती भएपछि उसलाई शुभकामना दिन आयोजना गरिएको सेरेमोनीको सन्दर्भमा म्यूजिक भिडियो तयार पारिएको छ ।

कार्म, रिहान गिरी, रजनी केसी, मेक्सम गौडेल, जेसिका पोखरेल लगायतका अन्य कलाकार पनि फिचर्ड छन् । फेस्टिभल भाइब्स सिर्जना गर्ने यो गीतको नृत्य निर्देशन ९कोरियोग्राफी० आकर्षक छ ।

करण परियार, अभि सुनार, विशाल निरौला, रश्मी विश्वकर्माको गायन रहेको गीतमा संगीत निर्देशन सुनारले गरेका हुन् । दीपेन्द्र लामाको निर्देशन, रोहित अधिकारीको निर्माण रहेको फिल्मको प्रदर्शन दशैंको फूलपाती अर्थात ३१ असोजलाई तय छ ।

प्रतिक्रिया