भारतमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या ९७.१९ प्रतिशत, थप ४३ हजार सङ्क्रमित

एजेन्सी     २५ असार २०७८, शुक्रबार
भारतमा सङ्क्रमणमुक्त हुनेहरुको सङ्ख्या ९७.१९ प्रतिशत, थप ४३ हजार सङ्क्रमित

नयाँदिल्ली, २५ असार (एएनआई) : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये ९७.१९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । भारतमा अहिलेसम्म तीन करोड सात लाख ५२ हजार ९५० जना सङ्क्रमित भएका छन् भने दुई करोड ९८ लाख ८८ हजार २८४ जना सङ्क्रमणमुक्त भएका छन् । 

त्यसैगरी कूल सङ्क्रमितमध्ये १.४९ प्रतिशत मात्रै अहिले पनि सङ्क्रमित अवस्थामा रहेको सङ्घीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । भारतमा अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५८ हजार ७२७ रहेको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । पछिल्लो एक दिनमा पनि नयाँ सङ्क्रमित हुनेभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको छ । 

मन्त्रालयका अनुसार भारतमा पछिल्लो एक दिनमा ४३ हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सोही अवधिमा अरु ४४ हजार ४५९ जना सङ्क्रमणमुक्त भएका छन् ।  मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ९११ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको शुक्रबार बिहान जानकारी दिएको छ । योसँगै भारतमा अहिलेसम्म कूल मृतकको सङ्ख्या चार लाख पाँच हजार ९३९ रहेको छ । देशव्यापी खोप अभियान सञ्चालन भइरहेको भारतमा अहिलेसम्म ३६.८९ करोड मानिसलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । 

त्यसैगरी बिहीबारसम्म भारतमा कूल ४२ करोड ७० लाख १६ हजार ६०५ जनाको स्वाब परीक्षण गरिएको छ । ती मध्ये १७ लाख ९० हजार ७०८ जनाको स्वाब भने पछिल्लो एक दिनमा परीक्षण भएको हो ।   
 

प्रतिक्रिया