भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या करिब एक करोड २१ लाख  

एजेन्सी     १७ चैत २०७७, मङ्गलबार

नयाँदिल्ली, १७ चैत (सिन्ह्वा) : भारतमा गत २४ घण्टामा ५६ हजार २११ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड २० लाख ९५ हजार ८५५ जना पुगेको छ । 

सो अवधीमा कोरोना भाइरस सङ्क्रमणबाट २७१ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६२ हजार ११४ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।  
कूल सङ्क्रमितमध्ये पाँच लाख ४० हजार ७२० जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने एक करोड १३ लाख ९३ हजार २१ जना सङ्क्रमणमुक्त भएका छन् ।

भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड  १० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ । परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड २६ लाख ५० हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा सात लाख ८५ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको समाचारमा जनाइएको छ ।
 

प्रतिक्रिया