बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

राम्रो अनलाइन     १२ पुस २०८०, बिहिबार
बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला

जानकी (बाँके)– बाँकेको मध्यवर्ती क्षेत्रमा सकेट बम फेला परेको छ ।  मध्यवर्ती क्षेत्रमा पर्ने राप्ति सोनारी गाउँपालिका–२ स्थित खैरिखोला सुरक्षा पोष्ट नजिकै आज उक्त सकेट बम फेला परेको बाँके निकुञ्जको सुरक्षामा तैनाथ नेपाली सेनाको अर्जुनबाण गणले जनाएको छ । 

खैरीखोलाबाट तीन किलोमिटर दक्षिणतर्फ तथा राप्ती नदीबाट झण्डै पाँच सय मिटर उत्तरतर्फ उक्त सकेट बम फेला परेको सेनाले जनाएको छ । निकुञ्जमा गस्ती गर्ने क्रममा सेनाको टोलीले  सकेट फेला पारेको हो । अहिले नेपाली सेनाको डिस्पोजल टोलीले बम निस्किृत पारिरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए ।  
 

प्रतिक्रिया