अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ

राम्रो अनलाइन     १७ साउन २०८१, बिहिबार
अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १७ जना पक्राउ

 

काठमाडौँ– प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १७ जनालाई पक्राउ गरेको छ । जसमा मोरङ, बिराटनगर महानगरपालिका(१७ मटेरूवाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ८ मिलिग्राम सहित सुनसरी ईटहरी उपमहानगरपालिका–४ आइतबारे बस्ने २५ वर्षीय अमन चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।त्यस्तै झापा, बिर्तामोड नगरपालिका– १ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्राम, नियन्त्रित लागूऔषध नाइट्राभेट १ पत्ता र सिरिन्ज ६ थान सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बस्ने २४ वर्षीय अनिष चौधरी, २५ वर्षीय सुरज राई र २३ वर्षीय धिरज राई रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यसैगरी झापा, झापा गाउँपालिका–४ टाघनडुब्बाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय ३० मिलिग्राम सहित भारत किसनगंज सतकुवा दिंगलबैक पञ्चायत–१ बस्ने ३६ वर्षीय सोमाई किस्कुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया