काठमाडौँ– काठमाडौँ महानगरपालिका–१४ कुलेश्वरबाट नियन्त्रित लागूऔषध डाईजेपाम एक एम्पुल, फेनारगन एक एम्पुल र नुर्फिन एक एम्पुलसहित खोटाङ घर भई काठमाडौँ बल्खु डेरा गरी बस्ने १९ वर्षीय सुशान राईलाई मङ्गलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।
थप अनुसन्धानको क्रममा हाल वतन नखुलेका बल्खु डेरा गरी बस्ने चितकुमार सुनारको कोठाबाट डाईजेपाम ३१ एम्पुल, फेनारगन ३३ एम्पुल, नुर्फिन २२ एम्पुल र नगद रु ६१ हजार ५५० प्रहरीले बरामद गरेको छ । प्रहरीले हाल फरार सुनारको खोजी गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।