अतिक्रिमित घरटहरा भत्काएर वीरगञ्जको मुख्य सडक विस्तार सुरु

राम्रो अनलाइन     ०६ वैशाख २०८३, आइतबार
अतिक्रिमित घरटहरा भत्काएर वीरगञ्जको मुख्य सडक विस्तार सुरु

काठमाडौँ– लामो समयदेखि रोकिएको वीरगञ्जको मुख्य सडक विस्तारको काम आज बिहानैदेखि सुरु भएको छ ।

डिभिजन सडक कार्यालय हेटौँडाले बिहानैदेखि वीरगंज क्षेत्रको अतिक्रिमित घरटहरा भत्काएर सडक विस्तारको काम सुरु गरेको हो । त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डक चोकदेखि मितेरीपुलसम्मको सडक २५–२५ मिटर दायाँ–बायाँ विस्तार गर्न थालिएको छ ।

सडक विस्तारका लागि डोजर, जेसीबी र एक्साभेटरसहित उपकरणलगायतको प्रयोग गरेर घर टहरा भत्काउन सुरु गरिएको छ ।

प्रतिक्रिया