अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

राम्रो अनलाइन     १७ कात्तिक २०८२, सोमबार
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प

काठमाडाैं– अफगानिस्तानको सबैभन्दा ठूला सहरहरूमध्ये एक मजार–ए–शरीफनजिकै भूकम्प गएको छ। अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो।

अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार, भूकम्पको केन्द्र खुल्म सहरबाट २२ किलोमिटर पश्चिम–दक्षिण–पश्चिममा थियो। यसको गहिराइ २८ किलोमिटर गहिराइमा मापन गरिएको छ।

स्थानीय समयअनुसार राति करिब १ बजे भूकम्पको झट्का महसुस गरिएको थियो। अहिलेसम्म भूकम्पमा परेर कम्तीमा ६ जनाको मृत्यु पुष्टी भएको छ। भने सयभन्दा धेरै घाइते फेला परेका छन्।

दुई महिनाअघिमात्रै अफगानिस्तानमा ६.० म्याग्निच्यूडको भूकम्प गएको थियो। त्यसमा लगभग २२०० भन्दा धेरै मानिसको मृत्यु भएको थियो।

प्रतिक्रिया