दार्चुलाको शैल्यशिखर नगरपालिकाको नक्तड जंगल नजिक ट्रकमा आगजनी भएको छ । शनिबार दिउँसो करिब ३ बजे अज्ञात समूहले ट्रकमा आगजनी गरेको हो ।
सुदूरपश्चिम प्रदेशको ००१ क १५४८ नम्बरको ट्रक आगजनीबाट अगाडिको भाग जलेको प्रहरीले जानकारी दिएको छ ।
शनिबार नेत्रविक्रम चन्द ुविप्लवु नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो । सोही समूहले आगजनी गरेको हुन सक्ने प्रहरीले बताएको छ । तर यसबारे अनुसन्धान भइरहेको दार्चुला प्रहरीले जानकारी दिएको छ ।