आस्कमी भर्चुअल जब फेयर २०२१ दोस्रो संस्करणको भर्चुअल जब फेयर बुधबारदेखि सुरु हुँदै छ ।
आस्कमी म्यानेजमेन्टले चैत १८ गतेदेखि २० गतेसम्म राष्ट्रिय वाणिज्य बैंकसँगको मुख्य सहकार्यमा अनलाइन प्लेटफर्ममा आस्कमी भर्चुअल जब फेयर २०२१ सुरु गर्न लागेको हो ।
जब फेयरको पेमेन्ट पार्टनरमा नेपाल क्लियरिङ हाउसको कनेक्ट आईपीएस रहेको छ । आस्कमी म्यानेजमेन्टकी व्यवस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीका अनुसार कोरोना महामारीको विषम अवस्थामा सञ्चालन गरिने भर्चुअल जब फेयरले रोजगारीको बजार विस्तारमा सकारात्मक सन्देश प्रवाह गर्नेछ । यस पटक ५० वटाभन्दा बढी कम्पनीमा जब दिलाउने लक्ष्यका साथ दोस्रो संस्करणको जब फेयर आयोजना गरिन लागेको उनले बताइन् ।
भर्चुअल जब फेयरको सपोर्ट पार्टनरका रूपमा बोस्टन इन्टरनेशनल कलेज, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक र एनआईसी एशिया बैंक छन् ।
फिचर रिक्रुएटरका रूपमा नबिल बैंक, नेपाल बैंक, शिखर इन्स्योरेन्स, नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, जावलाखेल ग्रुप, एसबी वेब, एनएमबी बैंक, नेपाल बंगलादेश बैंक, एनसीसी बैंक, लक्ष्मी बैंक, अग्नि ग्रुपले सहभागिता जनाउँदै छन् ।
यस्तै, सांग्रिला डेभलपमेन्ट बैंक, रिलायवल लाइफ इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स, आईएमई पे, नेको इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स, सानिमा लाइफ इन्स्योरेन्स, आस्कमी पसललगायत कम्पनी रोजगारदाताका रूपमा जब फेयरमा सहभागी हुँदै छन् ।
फेयरमा सहभागी हुन चाहने अन्य कम्पनीले अनलाइन स्टल राख्न आस्कमी कन्सल्ट डटकम स्लास इम्प्लोयर ड्यास जोनमा लगइन गर्नुपर्ने कम्पनीले बताएको छ ।
देशभरिका मानिसले एकैसाथ यो प्लेटफर्ममा भिजिट गरी आवश्यकताअनुसारको रोजगारीका लागि मोबाइल वा कम्प्युटरबाटै आवेदन दिन सकिनेछ । कतिपय कम्पनीले अनलाइन अन्तर्वार्ता लिएर पनि कर्मचारी नियुक्त गर्न सकिने व्यवस्था छ ।