आज पनि बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

राम्रो अनलाइन     ०५ कात्तिक २०८१, सोमबार
आज पनि बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

 

काठमाडौँ–  सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ६ सय पुगेको छ ।

यस अघि आइतबार सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया