आइतबार थपिएका ११९ कोरोना संक्रमित, ३ जनाको मृत्यु

राम्रो अनलाइन     २५ माघ २०७७, आइतबार

आइतबार देशभर ११९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालायका अनुसार पछिल्लो २४ घण्टामा ११९ कोरोना संक्रमित भेटिएका हुन् ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ७१ हजार ९२५ पुगेको छ । संक्रमितमध्ये २ लाख ६८ हजार ७२ जना निको भइसकेका छन् । जसमा आइतबार २६० जना निको भएका छन् ।

यसैगरी गत २४ घण्टामा ३ जना कोरोना संक्रमितको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण २ हजार ३८ जनाको मृत्यु भइसकेको छ । 

हाल नेपालमा १ हजार ८१५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् भने ९२ जना क्वारेन्टिनमा रहेका छन् ।
 

प्रतिक्रिया