काठमाडौं– आइसर ब्रान्डका कमर्सियल गाडीहरूको नेपालका लागि आधिकारिक वितरक बतास एमएडब्लू कमर्सियल भेहिकल नेपालले ुस्ट्रोङ रिभाइभल इन सेल्स एन्ड कस्टमर सर्भिस २०२३–२०२४ु अवार्ड जित्न सफल भएको छ । कम्पनीले थाइल्यान्डमा आयोजित ुग्लोबल एन्युअल कन्फरेन्सुमा उक्त अवार्ड पाउन सफल भएको हो ।
बतास र एमएडब्लूबीच एकताको पहिलो वर्षमै कम्पनीले अन्तर्राष्ट्रियस्तरको सफलता चुमेको हो । पहिलो वर्षमा नै आइसर इन्डियाले आइसरको बिक्री वितरण तथा ग्राहक सेवामा ठूलो र अग्रणी परिवर्तन महसुस गरेको बताइएको छ । कम्पनीले समयसापेक्ष ग्राहकको चाहनाअनुरूप बस, ट्रक, टिपर उपलब्ध गराएको छ ।
यसका साथै अन द स्पट सेवा, बिनाझन्झट सामान डेलिभरी, सेल्स सर्भिसमा ग्राहकको सन्तुष्टि, एक्सचेञ्ज फाइनान्सको सुविधा साथसाथै रिटेल फाइनान्सका लागि पनि एमएडब्लू इनभेस्टमेन्ट प्रालि र बतास हायर पर्चेज कम्पनीका साथै विभिन्न पाँच वित्तीय संस्थाहरूसँग सहकार्य गरेको छ । त्यस्तै, सर्भिसलाई चुस्त दुरुस्त र अन साइट सपोर्टका लागि चारवटा स्थानमा सर्भिस भ्यान सुविधा उपलब्ध छन् । कम्पनीले अनलाइनमार्फत पनि स्पेयर पार्ट्स उपल्बध गराउँदै आएको छ ।
नेपाल अधिराज्यभरका विभिन्न स्थानमा सेल्स तथा एक्सचेन्ज कार्यक्रमहरू गरी ग्राहकहरूलाई प्रत्यक्षरूपमा सेवा विस्तार गरिरहेको छ । साथै, कर्मचारीहरूलाई विभिन्न ट्रेनिङहरू प्रदान गर्नुका साथै भक्तपुरमा ट्रेनिङ सेन्टर स्थापना गरी दक्ष जनशक्ति उत्पादनमा समेत टेवा पुर्याउने लक्ष्य कम्पनीको रहेको छ । माइलेजको बादशाह भनेर चिनिने आइसर ग्राहकको पहिलो रोजाइ बनेको कम्पनीको भनाइ छ ।
प्रतिकूल अवस्थामा पनि ग्राहकहरूप्रतिको सेवामा निरन्तर इमानदारीका साथ सेवा प्रदान गर्दै आइराखेको कम्पनीका कार्यकारी निर्देशक तथा सीईओ दीपक अग्रवालले बताए । उनले यस सफलताका लागि ग्राहक वर्ग तथा सम्पूर्ण कर्मचारीप्रति हार्दिक आभार व्यक्त गरे ।
स्कुल बसमा अग्रणी नम्बर १ को रूपमा रहेको आइसरका बस तथा अन्य व्यावसायिक सवारीसाधनको बिक्रीवितरण गर्दै कम्पनीले बजारमा नयाँ आयाम थप्नुका साथै ११ शाखा, ४ डिलर र १६ वटा टच पोइन्टका साथ देशैभर सेवा विस्तार यस कम्पनीले गरेको छ । विगत ४० वर्षदेखि आइसरले नेपालको व्यावसायिक सवारीको क्षेत्रमा व्यावसायिक सवारीसाधनहरू उपलब्ध गराउँदै आएको छ ।
आइसर विश्वभरका ५० भन्दा बढी देशमा फैलिएको छ । आइसरले भोल्भो र आइसरको संयुक्त परियोजनामा विविध मूल्य र प्रयोजनका लागि नयाँ प्रविधिका साथ विभिन्न उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ ।