इन्डोनेसियाको निकेल प्लान्टमा विस्फोट, १२ जनाको मृत्यु, ३९ घाइते

राम्रो अनलाइन     ०८ पुस २०८०, आइतबार
इन्डोनेसियाको निकेल प्लान्टमा विस्फोट, १२ जनाको मृत्यु, ३९ घाइते

इन्डोनेसिया– पूर्वी इन्डोनेसियामा आइतबार चिनियाँ लगानीमा सञ्चालित निकेल (रसायन) प्रशोधन कारखानामा भएको विस्फोटमा परी कम्तीमा १२ जनाको मृत्यु हुनुका साथै ३९ जना घाइते भएका छन् ।

सुलावेसी टापुमा अवस्थित निकारागुआ निकेलको उत्पादनको लागि महत्वपूर्ण केन्द्र हो । विद्युतीय वाहनका लागि चाहिने ब्याट्री र स्टीलको लागि प्रयोग हुने महत्वपूर्ण धातु हो ।
 
पिटी इन्डोनेसियाको सिङशान स्टेनलेस स्टिलको प्लान्टमा स्थानीय समयअनुसार बिहान ५ः३० बजे दुर्घटना भएको नगर परिसरका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।‘अहिले मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ भने घाइते हुनेको सङ्ख्या ५१ पुगेको छ । सामान्य र गम्भीर घाइते भएका ३९ जनाको उपचार भइरहेको प्रवक्ता डेडी कुर्नियावानले बताए । 

घटनामा सात इन्डोनेसियाली र पाँच विदेशी कामदारको मृत्यु भएको विज्ञप्तिमा जनाइएको छ । कुर्नियावानले बताएअनुसार पाँचै जना विदेशी कामदार चिनियाँ नागरिक थिए ।

अधिकारीका अनुसार प्रारम्भिक अनुसन्धानमा भट्टीको मर्मतका क्रममा प्रज्वलनशील तरल पदार्थ प्रज्वलित हुँदा विस्फोट भएको र त्यसपछि नजिकैको अक्सिजन ट्याङ्कीमा पनि विस्फोट भएको देखिएको छ ।

आइतबार बिहानसम्म आगो पूर्णरूपमा नियन्त्रणमा आइसकेको छ । 
 

प्रतिक्रिया