सिद्घार्थ बैंक–त्रिसारा रेस्टुरेन्ट सम्झौता 

राम्रो अनलाइन     १६ फागुन २०७७, आइतबार
सिद्घार्थ बैंक–त्रिसारा रेस्टुरेन्ट सम्झौता 

सिद्धार्थ बैंक र काठमाडौंको दरबारमार्ग, लाजिम्पाट तथा पोखराको लेकसाइडस्थित त्रिसारा रेस्टुरेन्ट एन्ड बार प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट दिने सम्झौता भएको छ । 
सम्झौताअनुसार बैंकका ग्राहकले पोखरा र काठमाडौंमा रहेको त्रिसारा रेस्टुरेन्ट एन्ड बारमा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैैंकिङ, इन्टरनेट बैैंकिङमार्पmत खाना तथा बेबरेजका लागि भुक्तानी गर्दा १०.५ सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल, इन्टरनेटलगायत डिजिल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिल माध्यमबाट भुक्तानीमा प्रोत्साहन गर्न विभिन्न समयमा ग्राहकमैत्री सुविधा तथा क्यास ब्याक योजना सञ्चालन गरिरहेको छ । 
 

प्रतिक्रिया