इजरायल–हमास युद्धको एक महिना : ठूलो संख्यामा पत्रकारको हताहती  

एजेन्सी     २१ कात्तिक २०८०, मङ्गलबार
इजरायल–हमास युद्धको एक महिना : ठूलो संख्यामा पत्रकारको हताहती  

‘कमिटी टु प्रोटेक्ट जर्नालिस्ट (सिपिजे) ’का अनुसार अक्टोबर ७ मा युद्ध सुरु भएदेखि नोभेम्बर ६ सम्म कम्तीमा ३६ पत्रकार तथा मिडियाकर्मी मारिइसकेका छन् । मारिएका ३६ पत्रकारमध्ये ३१ प्यालेस्टिनी, चार इजरायली र एक लेबनानी मूलका छन् । त्यस्तै अन्य आठ घाइते, तीन बेपत्ता र आठ पक्राउ परेको सिपिजेले बताएको छ । इजरायल–हमास युद्धमा हताहत तथा बेपत्ता पत्रकारको अनुसन्धान गरिरहेको सिपिजेका अनुसार गाजापट्टीबाट रिपोर्टिङ गरिरहेका पत्रकारहरू विशेषतः उच्च जोखिममा काम गरिरहेका छन् ।

गाजामा पत्रकारले निरन्तरको सञ्चार तथा विद्युत् अवरोधका कारण समाचार सम्प्रेषणमा पनि समस्या भोगिरहेका छन् । त्यसबाहेक तिनले समाचार सम्प्रेषणमा विभिन्न सेन्सरसिप, साइबर आक्रमण, आक्रमणको धम्की, वास्तविक आक्रमण सामना गर्नुपरेको सिपिजेको तथ्यांकले देखाउँछ । प्यालेस्टिनी पत्रकारमध्ये थुप्रैले गाजामा बसोबवास गर्ने तिनको परिवार सदस्य गुमाएकाले पीडामाझ काम गरिरहेका छन् । 

प्रतिक्रिया