बेइजिङ– तेस्रो बेल्ट एन्ड रोड फोरममा सहभागी हुन छिमेकी राष्ट्र चीन पुगेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । श्रेष्ठलाई ‘माइल्ड हर्ट अट्याक’ आएपछि अस्पताल भर्ना गरिएको हो ।
श्रेष्ठको सचिवालयअनुसार उनलाई बेइजिङस्थित पेकिङ युनियन मेडिकल कलेज अस्पतालमा भर्ना गरिएको छ । ‘उहाँको अहिले आईसीयूमा राखेर उपचार भइरहेको छ,’ प्रेस सल्लाहकार कमल गिरीले भने । श्रेष्ठको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको गिरीले बताए ।
श्रेष्ठ सात सदस्यीय टोलीको नेतृत्व गर्दै तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ) मा सहभागी हुन सोमबार चीन पुगेका हुन्। मंगलबार र बुधबार बेइजिङमा हरित विकाससम्बन्धी उच्चस्तरीय मञ्चुको नीति र प्रगतिबारे छलफलमा श्रेष्ठ सहभागी भएका थिए । सो कार्यक्रममा श्रेष्ठले कि नोट स्पिच दिएका थिए ।