काठमाडौं–रजनी श्रेष्ठले काठमाडौँमा जारी ५५औँ एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनसिपमा नेपालका लागि स्वर्ण जोडेकी छिन् । महिला शारीरिक सुगठनको ५५ केजी तौल समूहमा भारतकी सविता बानियालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् । यो सहित हालसम्मको नतिजामा नेपालले तीन स्वर्ण जितेको छ । भियतनामकी दिन्ह किम लोन तेस्रो भइन् ।
अन्य पदकमा महिलातर्फको १५५ सेमी सम्मको मोडल फिजिकमा तारा खाईजुले रजत प्राप्त गरिन् । थाइल्यान्डकी किरातीया छन्त्रतले स्वर्ण जित्दा भारतकी निमा डोमा लामाले कांस्य जितिन्।
एसियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् फेडेरेसनको आयोजना तथा नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासङ्घको व्यवस्थापनमा भएको च्याम्पियनसिपको १७० सेमीसम्मको पुरुष फिजिकल विधामा राजु राईले रजत पदक जिते।
उनले मालदिभ्समा सम्पन्न अघिल्लो संस्करणमा कांस्य पदक प्राप्त गरेका थिए। मंगगलबारसम्मको नतिजामा नेपालले ३ स्वर्ण ६ रजत र ३ कांस्य पदक प्राप्त गर्न सफल भएको छ ।