घरलाई सुगन्धित बनाउन यसो गर्नुस्

राम्रो अनलाइन     ०९ फागुन २०७७, आइतबार
घरलाई सुगन्धित बनाउन यसो गर्नुस्

कहिलेकाहीँ घरमा गन्ध आउन सक्छ। बजारमा पाइने रुम फ्रेसनर प्रयोग गर्दा एकछिनका लागि गन्ध हटे पनि त्यसबाट छुटकारा चाहिँ पाइँदैन। घर सुगन्धित बनाउन केही उपाय अपनाउन सकिन्छ।


एउटा भाँडोमा पानी तताउने। त्यसमा कागती, सुन्तला, अमिला फलफूलको टुक्रा वा पुदिनाका केही पात राखेर सानो आगोमा तताइरहने। यसो गर्दा त्यसको बास्ना घरभरि फैलिन्छ। घर सुगन्धित हुन्छ।

कहिलकाहीँ खानेकुरा पकाउँदा डढ्छ। त्यसको नमीठो गन्ध घरमा फैलिन्छ। यस्तो अवस्थामा रुम फ्रेसनर प्रयोग गर्नु राम्रो उपाय होइन। बरु, त्यो गन्धलाई घरबाट बाहिर जान दिनुपर्छ। त्यसका लागि केही बेरसम्म झ्याल खुला छोड्नुपर्छ। झ्यालबाट ताजा हावा आउँछ, गन्ध हट्छ।

कतिपयले घरमा सुगन्धित मैनबत्ती बाल्ने गरेका हुन्छन्। कहिलेकाहीँ ठीकै हो तर सधैँ र धेरै मैन बाल्नु ठीक होइन।

घर सुगन्धित बनाइराख्न सर्वप्रथम सरसफाइमा विशेष ध्यान दिनुपर्छ। फोहोरमैलाले गर्दा पनि घर दुर्गन्धित हुन सक्छ। त्यसैले डस्टबिन, फ्रिज लगायतको सरसफाइमा ध्यान दिनुपर्छ।

प्रतिक्रिया