खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँले घट्यो

राम्रो अनलाइन     १७ साउन २०८०, बुधबार
खाना पकाउने ग्यासको मूल्य १३० रुपैयाँले घट्यो

 

काठमाडौं– नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १३० रुपियाँले घटाएको छ । यसैगरी, पेट्रोल ९ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ७ रुपैयाँले बढेको निगमले जनाएको छ । नयाँ मूल्य अनुसार, अब ग्यास प्रति सिलिन्डर एक हजार ६६०, पेट्रोल प्रतिलिटर १७३ र डिजेल र मट्टितेल १५३ पुगेको छ । हवाई इन्धनको मूल्य यथावत राखिएको निगमले जनाएको छ ।

 

प्रतिक्रिया