बीस महिनाको काम चार महिनामै सकियो

राम्रो अनलाइन     १६ साउन २०८०, मङ्गलबार

 

म्याग्दी– ढिलासुस्तिका कारण विकास आयोजना अलपत्र बन्ने र समयमा पुरा नहुने समस्या बढीरहेको अवस्थामा २० महिनाको ठेक्का अवधी भएको म्याग्दीको एउटा आयोजना निर्माणको काम चार महिनामै पुरा भएको छ । 

उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय अन्तरगतको रुपाताल संरक्षण एकिकृत विकास परियोजनाले सञ्चालन गरेको म्याग्दीको बेनी नगरपालिका–२ को भसभसेको कटान र पहिरो नियन्त्रण योजना लक्ष्य भन्दा १६ महिना अगाडी सम्पन्न भएको हो । 

भसभसे पहिरो र म्याग्दी नदी कटान नियन्त्रणका लागि कम्पोजित पर्खाल निर्माण गर्न हिमालयन हिमालयन कन्ट्रक्सनले गत फागुनमा रु. दुई करोड ६० लाखमा ठेक्का सम्झौता गरेको थियो । गत आर्थिक वर्ष २०७९÷८० मा बेनी बजार संरक्षण कार्यक्रम अन्तरगत ठेक्का सम्झौता भएका सात वटा योजना मध्य भसभसेमा ८१।५ मिटर लामो पर्खाल निर्माण गर्ने काम चार महिनामै सकिएका र अन्यको २५ देखि ७५ प्रतिशत प्रगति भएको परियोजनाले जनाएको छ । वाइट कृष्णबहादुर विश्वकर्मा, ईञ्जिनियर, रुपाताल एकिकृत विकास परियोजना 

परियोजना मार्फत म्याग्दीको सदरमुकाम बेनी र आसपासका क्षेत्रमा कटान र बाढी नियन्त्रण गर्न गत वर्ष करिब रु। पचास करोडमा ठेक्का सम्झौता भएको थियो । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा अवस्थित बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न पाँच वर्षयता परियोजना मार्फत संरचना निर्माणको काम भैरहेको छ । बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा राखेको छ ।

प्रतिक्रिया