सम्भोग अर्थात् दुवैको आनन्द 

डा. आदर्श प्रधान     ०७ फागुन २०७७, शुक्रबार
सम्भोग अर्थात् दुवैको आनन्द 

सम्भोग अत्यन्त प्राकृतिक विषय भए पनि यसबारे सहज  चर्चा–परिचर्चा गरिँदैन । सम्भोग अर्थात् पुरुष र महिलाले बराबर गर्ने भोग या आनन्द । तर, नेपालमा अझै पनि महिलाले आफूले सम्भोगबाट चरम सुख पाए÷नपाएको भन्न हिचकिचाउँछन् । 

हालै अमेरिकामा गरिएको एक यौन मनोवैज्ञानिक अनुसन्धानका  अनुसार पुरुषहरूले आफ्नो यौन परिपूर्तिलाई मात्रै ध्यान दिन्छन् । महिला सम्भोगपश्चात् पुरुषबाट झन् आत्मीयता खोज्छिन् तर, पुरुष  चाहिँ अर्काेतिर फर्केर घुरेर सुत्ने गर्छन् । 

प्रायः महिला सम्भोगपछि पुरुषको आलिंगनमा सुतेर कुराकानी गर्न रुचाउँछन् । उनीहरू पुरुषले हल्का तरिकाले शरीरमा स्पर्श गरेको औधी मन पराउँछन् । साथै, उनीहरू चुम्बन गर्न पनि रुचाउँछन् । 

महिलालाई पुरुषले कुन आसनमा सम्भोग गर्दा आनन्द आउँछ, कुन भागमा स्पर्श गर्दा उत्तेजना बढ्छ, भनेर सोध्नु राम्रो हुन्छ । दुवैको समझदारीमा सम्भोग गर्नुको मजा बेग्लै हुन्छ । 
पुरुषहरू चाँडै उत्तेजनामा आउँछन् र तुरुन्त सम्भोग गर्न चाहन्छन् । तर, महिलाहरूलाई उत्तेजनामा आउन समय लाग्छ । पुरुष तुरुन्त स्खलित हुन्छ, जुन बेला महिला सम्भोगको निरन्तरता चाहन्छिन् । यसरी सम्भोगको सही तालमेल नहुँदा महिला चरम यौन सन्तुष्टिबाट विमुख हुने गर्छिन् । महिलाको मासिक धर्म पूरा भएको दिनदेखि सात दिनसम्म सम्भोगको इच्छा बढी हुन्छ । यति बेला यौनसँग सम्बन्धित हार्मोन सक्रिय हुन्छ । यस समयमा पुरुषले बुझेर सम्भोग ग¥यो भने महिलाले चरम यौन सन्तुष्टि पाउन सक्छिन् । 

नियमित सम्भोगले मानिसलाई शारीरिक, मानसिक र भावनात्मक हिसाबले स्वस्थ बनाउँछ । सम्भोगको बेलामा शरीरको तापले गर्दा तौल पनि घट्ने कुरा स्वास्थ्यसम्बन्धी अनुसन्धानहरूले पत्ता लगाएका छन् । सम्भोगले तनावलाई तुरुन्त कम गर्छ । नियमित सम्भोगले मुटु बलियो बनाउनका साथै रक्तचाप पनि नियन्त्रणमा राख्छ । सम्भोगपछि निद्रा पनि राम्ररी पर्छ । 
अत्यधिक तनाव, अति मद्यपान आदिका कारण पुरुषहरूको यौन उत्तेजनामा कमी आउँछ । चालिस वर्ष नाघेको पुरुषको टेस्टोस्टेरोन हार्मोनको मात्रा कम हुन्छ । यसले थकान, तनाव, अनिद्रा, सम्भोगको इच्छामा कमी हुन्छ । 

शीघ्र पतन आम समस्या हो । यो विशेष गरी आत्मविश्वासको कमीले हुन सक्छ । यसबाट बच्न महिलाको आत्मीयता र प्रेमले धेरै सघाउ पु¥याउँछ । 
महिलाहरू अत्यन्त संवेदनशील हुन्छन् । उनीहरूलाई सानो कुराले खुशी बनाउँछ भने सानै कुराले दुःखी पनि बनाउँछ । त्यसैले पुरुष यौनका सम्बन्धमा गम्भीर हुुनुपर्छ । स–साना कुरामा ध्यान दिनसके महिलालाई पूर्ण यौन सन्तुष्टि दिन सकिन्छ । यौन असन्तुष्टिले विकराल रूप लिएर धेरैका वैवाहिक जीवन भताभुंग भएका छन् । अतः सम्भोग कला जान्नु आवश्यक छ । 

प्रतिक्रिया