काठमाडौँ– नवलपुर जिल्ला अदालतले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिएको छ । जबरजस्ती करणी मुद्दामा अभियोग पत्र दर्ता भए पनि न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बाल यौन दुरुपयोगको कसुरलाई टेकेर सो फैसला गरेका हुन् ।
पलले सफाइ पाएपनि न्यायाधीशले बाल यौन दुरुपयोगको मुद्दामा पललाई साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएका छन् । यस्तै इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन भनेको छ ।
गत चैतमा नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप पलमाथि लागेको थियो । पीडित नाबालिगका बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो । उनीमाथि १२ देखि १४ वर्ष कैद सजायको माग गरिएको थियो ।