६० किलो सुन प्रकरण: थप २० जना पक्राउ, २ खर्ब ६६ अर्ब बढी बिगो दाबी

राम्रो अनलाइन     १७ असार २०८१, सोमबार
६० किलो सुन प्रकरण: थप २० जना पक्राउ, २ खर्ब ६६ अर्ब बढी बिगो दाबी

 

काठमाडाैं–  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ६० किलो सुन तस्करी प्रकरणमा दोस्रो चरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ।

सीआईबीले ६० किलो सुन प्रकरणमा ४६ जनालाई प्रतिवादी बनाउन राय दिँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँमा प्रतिवेदन बुझाएको हाे।

सीआईबी स्रोतका अनुसार दोस्रो चरणको अनुसन्धानमा थप २० जना पक्राउ परेका छन् भने २६ जना फरार छन्। उनीहरूविरुद्ध २ खर्ब ६६ अर्ब ६७ करोड ९ लाख रूपैयाँ बिगो दाबी गरिएको सीआईबीले जनाएकाे छ।

सीआईबीका अनुसार सुन तस्करी गर्ने समूहले ब्रेक सुमा लुकाएर ३६२.७७८ केजी र इलेक्ट्रोनिक सामानमा लुकाएर २ हजार ८३१.८९ केजी सुन तस्करी गरेको खुलेको छ। 

प्रतिक्रिया