महिला लघुवित्तको आईपीओ आजबाट, कति आवदेन दिँदा राम्रो ?

राम्रो अनलाइन     ३० माघ २०७७, शुक्रबार
महिला लघुवित्तको आईपीओ आजबाट, कति आवदेन दिँदा राम्रो ?

महिला लघुवित्त वित्तीय संस्थाले आज (माघ ३० गते) देखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपीओ) विक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले ३ लाख ७५ हजार कित्ता आईपीओ खुला गरेको हो ।

कम्पनीको जारी चुक्ता पुँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर मध्ये ०.५ प्रतिशत शेयर अर्थात ५ हजार कित्ता शेयर कर्मचारी तथा ५ प्रतिशत अर्थात २० हजार कित्ता शेयर सामूहिक लगानीकोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधरणले भने ३ लाख ७५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

संस्थाको आईपीओ माघ ३० गतेदेखि खुला भइ छिटोमा फागुन ५ गते र ढिलोमा फागुन १४ गते बन्द हुनेछ ।

आईपीओमा न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।

कति कित्ता शेयर आवेदन दिँदा राम्रो ?
कतिपयले नबुझिकन शेयरमा लगानी गर्ने गरेको पाइन्छ । पछिल्लो समय अझ धेरै संख्यामा आवेदकहरूले खाता बनाएका छन् । यसअघि इन्फ्रा स्ट्रक्चर बैंकले कम्तिमा ५० कित्ता शेयर पर्ने गरी प्राथमिक शेयर निष्कासन गरेको थियो । तर महिला लघुवित्तले त्यति ठुलो संख्यामा शेयर निष्कासन गरेको छैन । त्यसैले कमै कित्ता आवेदन दिन उचित हुनेछ ।

सर्वसाधरणले प्राप्त गर्ने शेयर जम्मा ३ लाख ७५ हजार कित्ता मात्र हो । जुन १० कित्ताका दरले ३७ हजार ५ सयले पाउनेछन् । त्यसैले १० कित्ताका लागि मात्रै आवेदन दिँदा पर्याप्त हुनेछ ।

प्रतिक्रिया