‘ए मेरो हजुर ४’को शीर्ष गीत : रोमान्टिक मुद्रामा अनमोल र सुहाना

राम्रो अनलाइन     २८ माघ २०७८, शुक्रबार

 

झरना थापाको निर्देशनमा तयार भएको यो चलचित्रमा मित्र डी गुरुङको सम्पादन छ । झरना थापा र स्वर्गीय छेतेन गुरुङको कथा रहेको चलचित्रमा झरना थापा, छेतेन गुरुङ, मन्दीप गौतम, बाबुराम दाहाल, प्रतीक पौडेल, उपकार पाण्डे, माधव शर्माको पटकथा तथा संवाद छ ।

अभिनेत्री झरना थापाले यो गीतको छायांकन गर्न निक्कै दुःख भएपनि दर्शकमाझ ल्याउँदा सुखको अनुभूति भएको बताइन् । यस्तै अनमोल र सुहानाले चलचित्र राम्रो बनेको भन्दै दर्शकले माया गर्ने विश्वास व्यक्त गरे । निर्माता सुनिलकुमार थापाले नेपालका पर्यटकीय गन्तव्यहरुलाई विश्वमाझ परिचित गराउन आफूहरुले नयाँ नयाँ लोकेसनमा चलचित्रको गीत खिचेको बताए ।

प्रतिक्रिया