५० दिनमा कर्पोरेटपेको कारोबार ५० करोड

राम्रो अनलाइन     २१ फागुन २०७७, शुक्रबार
५० दिनमा कर्पोरेटपेको कारोबार ५० करोड

कर्पोरेटपेले सेवा सुरु गरेको ५० औं दिनमा ५० भन्दा बढि व्यावसायिक ग्राहक आबद्ध भई ५० करोडभन्दा बढीको भुक्तानी कारोबार भएको छ ।
बैंक, वित्तीय संस्थाका साना तथा मझौला व्यवसायलगायत विभिन्न संस्थालाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेटपे प्रणाली सञ्चालनमा ल्याइएको हो ।

यो प्रणालीमार्फत अन्तरबैंक र सोही बैंकको फण्ड ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी तथा अन्य विभिन्न सेवासम्बन्धी भुक्तानी गर्न सकिन्छ ।
यस्तै, व्यावसायिक ग्राहक एवं सेवा प्रदान गर्ने बैंक÷वित्तीय संस्थाका लागि आवश्यक आन्तरिक नियन्त्रणको समेत उपयुक्त व्यवस्था रहेको कम्पनीले बताएको छ । 
यी भुक्तानी व्यावसायिक ग्राहकले छनोट गरेबमोजिम कनेक्टआईपीएसमार्फत रियल टाइममा र एनसीएचएल आईपीएसमार्फत ननरियल टाइममा गर्न सकिन्छ ।
यो प्रणालीमा ग्राहकले एकभन्दा बढी बैंक खाता लिंक गरी कारोबार गर्न सक्ने व्यवस्था रहेको कम्पनीले बताएको छ ।

प्रतिक्रिया