५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार

राम्रो अनलाइन     ११ साउन २०८१, शुक्रबार
५ महिनादेखि भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार

 

काठमाडाैं – भारतमा बन्धक बनाइएका २८ जना नेपाली मजदुरकाे उद्धार गरी नेपाल फर्काइएको छ।

रोजगारीको प्रलोभनमा पारेर बेचबिखन गरी कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका २८ जना नेपाली मजदुरलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको टोलीले उद्धार गरी नेपाल फर्काएको प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

उनका अनुसार सिराहाका २१ र धनुषाका ७ जना मजदुरलाई आजै जिल्ला मानव बेचबिखन नियन्त्रण समितिको जिम्मा लगाइएको छ।

मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोलीले उद्धार गरेका उनीहरूलाई मानव बेचबिखन नियन्त्रण समितिले आजै घरघर पठाउने तयारी गरेकाे छ। प्रधानमन्त्री ओलीले उद्धार कार्यको सफलताका लागि मन्त्रालयका सचिव दिनेश भट्टराईसहित टोलीलाई धन्यवादसमेत दिएका छन्।

प्रतिक्रिया