५ एसएसपीको सरुवा : ललितपुर प्रमुखमा अधिकारी, एअरपोर्टमा राठौर 

राम्रो अनलाइन     १७ पुस २०८१, बुधबार
५ एसएसपीको सरुवा : ललितपुर प्रमुखमा अधिकारी, एअरपोर्टमा राठौर 


काठमाडौं– नेपाल प्रहरीका पाँच वरिष्ठ उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । मंगलबार साँझ गृहमन्त्रीस्तरीय निर्णयबाट पाँच एसएसपीहरुको सरुवा भएको हो ।

सरुवा सूचीअनुसार सुदूरपश्चिम प्रदेश प्रहरीमा कार्यरत एसएसपी श्यामकृष्ण अधिकारी जिल्ला प्रहरी परिसर ललितपुरको प्रमुखमा सरुवा भएका छन् । परिसर ललितपुरमा कार्यरत एसएसपी शेखर खनाललाई काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा सरुवा गरिएको छ ।

अपराध अनुसन्धान विभागका कार्यरत रहेका एसएसपी भुपेन्द्र खत्रीलाई भरतपुर शिक्षालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया