२० वर्ष अघि अमेरिकामा भएको ९/११ हमला

राम्रो अनलाइन     २६ भदौ २०७८, शनिबार
२० वर्ष अघि अमेरिकामा भएको ९/११ हमला

काठमाडौं :  आज सेप्टेम्बर ११ । २० वर्ष सन् २००१ मा अमेरिकामा भएको आतंकवादी हमलालाई ९/११ चिनिन्छ । 

आत्मघाती आक्रमणकारीले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर न्यूयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काइएका थिए । यो हमलमा न्यूयोर्कस्थित ट्विन टावर ध्वस्त भयो । आतंकवादी हमलामा ३ हजार ३३८ ले ज्यान गुमाएका थिए । 

त्यसपछि अमेरिकाले वार अन टेररु नामक आतंकवादविरुद्ध अभियानु नै सुरु गरेको थियो । 

आक्रमणको एक महिना नबित्दै तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्ल्यू बुसले अन्तर्राष्ट्रिय गठबन्धनको साथ लिएर अलकायदालाई उन्मूलन गर्न र बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरेका थिए । सन् २०११ मा अमेरिकी सेनाले उनलाई मारिदिएको थियो।

११ सेप्टेम्बर हमलाका आरोपित योजनाकार खालिद शेख महमदलाई सन् २००३ मा पाकिस्तानमा पक्राउ गरिएको थियो। त्यसयता उनी ग्वान्टानामो बेमा अमेरिकी हिरासतमा छन् र अझै पनि अभियोजनको पर्खाइमा छन्।

आफ्नो देशमा हमला भएपछि अमेरिकाले विमानस्थल र विमानको सुरक्षा बलियो बनाउन ट्रान्सपोर्टेशन सेक्यूरिटी एड्मिनिस्ट्रेशन नामक छुट्टै निकाय स्थापना गरेको थियो । 

प्रतिक्रिया