संसदको शुक्रबारको बैठकमा १४ वटा अध्यादेश प्रस्तुत हुने

राम्रो अनलाइन     २४ भदौ २०७८, बिहिबार
संसदको शुक्रबारको बैठकमा १४ वटा अध्यादेश प्रस्तुत हुने

काठमाडौं : प्रतिनिधिसभाको शुक्रबार बस्ने बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिएको छ । संघीय संसद् सचिवालयले तयार पारेको कार्यसूचीमा १४ वटा अध्यादेश पेस गर्नेदेखि शोक प्रस्ताव पारित गर्नेसम्म तय गरिएको छ ।

यद्यपि, संसद सहज रूपमा चल्नेरनचल्ने भन्ने निश्चित भने छैन । बुधबार संसद अधिवेशनको पहिलो र दोस्रो बैठक प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका बीच स्थगित भएको थियो । तेस्रो बैठकमा अवरोधका बीच सरकारले दल विभाजनसम्बन्धी अध्यादेश पेस गरेर स्थगित भएको थियो । कार्यसूची सार्वजनिक हुँदासम्म एमालेले बैठक चल्ने दिने निर्णय गरिसकेको छैन ।    

एमालेले अवरोध नगरेमा भोलि अपराह्न १ बजे तोकिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले शपथसम्बन्धी अध्यादेश, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको हैसियतमा रेलवे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसैगरी गृहमन्त्री बालकृष्ण खाणले सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य संचालन, सुपरिवेक्षण र समन्वय ९पहिलो संशोधन० अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ ९नियमन० अध्यादेश, नेपाल नागरिकता ९पहिलो संशोधन० अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ पेस गर्नेछन् ।   

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेश, २०७८ पेस गर्ने कार्यतालिका छ ।  

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले औषधि ९तेस्रो संशोधन० अध्यादेश, कोभिड( १९ संकट व्यवस्थापन अध्यादेश, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ९पहिलो संशोधन० अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका रहेको संसद सचिवालयका महासचिव डा। भरतराज गौतमले उल्लेख गरेका छन् ।

दुइटा शोक प्रस्ताव 

सम्भावित कार्यसूचीमा शोक प्रस्ताव पारित गर्ने पनि तय गरिएको छ । एमालेबाट २०७० सालको संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य महेन्द्र शेरचन र माओवादीबाट संविधानसभामा निर्वाचित जुठबहादर खड्गी ९जेबी टुहुरे०को निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यतालिका छ ।

त्यसैगरी विभिन्न सांसदले अध्यादेशविरुद्ध प्रस्ताव पेस गर्ने कार्यतालिका पनि रहेको छ, जसमा प्रेम सुवालले १३ वटा अध्यादेशविरुद्ध र दुर्गा पौडेलले नागरिकता अध्यादेश अस्वीकार गर्न सूचना प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

प्रतिक्रिया