प्रकाशको ‘कुरा बुझ्न पर्च’

राम्रो अनलाइन     ३० साउन २०७८, शनिबार

 

गत शुक्रबार सार्वजनिक गीतकार तथा संगीतकार प्रकाश सपूतको तीज गीत ‘कुरा बुझ्न पर्च’ले निकै चर्चा पायो । गीत युट्युब र टिकटकमा यतिबेला नम्बर १ ट्रेन्डिङमा छ ।

प्रकाश सपूतको शब्द, संगीत रहेको गीतमा शान्तीश्री परियार र समीक्षा अधिकारीले स्वर दिएका छन् । गीतको भिडियोलाई प्रकाश स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा नायिकाद्धय स्वस्तिमा खड्का र आँचल शर्माले अभिनय गरेका छन् । साथमा लक्ष्मी गिरी, कालु राना, कमला रेग्मी, अनिता बस्नेत लगायतको अभिनय भिडियोमा हेर्न सकिन्छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् । पारिवारिक जीवनका बारेमा आधुनिक पुस्ताका युवतीको अवधारणालाई गीतमार्फत पेश गरिएको छ । एक साता पुरा नहुँदै गीतको भिडियोले युट्युबमा ५१ लाख ७० हजार बढी भ्यूज पाएको छ ।
 

प्रतिक्रिया