दुर्गेश र पलको ‘बीच्च बीच्चमा ५–पानी पानीमा’

राम्रो अनलाइन     ३० साउन २०७८, शनिबार

 

गायक एवं मोडल दुर्गेश थापाको तीज गीत ‘बीच्च बीच्चमा ५–पानी पानीमा’ चार दिनअघि युट्युबमा सार्वजनिक गरिएको हो । दुर्गेश थापाको शब्द तथा संगीत रहेको गीतमा दुर्गेश र बसन्त थापाले स्वर दिएका छन् । काजिश श्रेष्ठको कोरियोग्राफी एवं निर्देशन रहेको भिडियोमा नायक पल शाह र मोडल दुर्गेश थापाको अभिनय छ ।

अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । हालसम्म गीतको भिडियोको भ्यूज १२ लाख ६० हजार बढी पुगेको छ ।

प्रतिक्रिया