जुम्ल्याहा दिदीबहिनीको ‘आयो तीजको लहर’

राम्रो अनलाइन     ३० साउन २०७८, शनिबार

 

मेलिना राईको स्वरमा ६ दिनअघि ‘आयो तीजको लहर’बोलको तीज गीत सार्वजनिक भएको हो । निहारिका लक्ष्मी शाहको शब्द रहेको गीतमा ताराप्रकाश लिम्बुको संगीत, उदयराज पौडेलको एरेन्ज छ । गीतको भिडियोमा जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडाको अभिनय हेर्न सकिन्छ । शान थापाको निर्देशन, राजिव समिरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुन तिवारीको छायाँकन एवं सुप्रिम पराजुलीको सम्पादन छ । भिडियोले एकसाता नपुग्दै युट्युबमा १६ लाख ५० हजार बढी भ्यूज पाएको छ । भिडियोलाई केन्द्र मोशन पिक्चर्सले निर्माण गरेको हो ।

प्रतिक्रिया