गायिका लक्ष्मी न्यौपानेको मौलिक तीज गीत हो, ‘मै सानी हुँदा’ । गतवर्ष सार्वजनिक ‘मै माग्थेँ बालापन’ भाग २ का रुपमा उनले यस गीत सार्वजनिक गरेकी हुन् । यस गीतको शब्द राजकुमार बगरले तयार पारेका हुन् । लक्ष्मीकै संगीत रहेको गीतलाई कमल सौरागले एरेन्ज गरेका हुन् । स्मृति तिमिल्सिना ९गुरुआमा०को निर्देशन रहेको भिडियोमा स्मृति स्वयंमका साथमा रीना थापा मगरले अभिनय गरेकी छिन् । सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका हुन् ।
तीज गीतमा मौलिकता हराएको गुनासो आईरहेको अवस्थामा लक्ष्मीको यस गीतमा भने तीजको मौलिकपन पाइन्छ । ४ दिनअघि सार्वजनिक भएको यस गीतको भ्यूज भने केही कम छ । अहिलेसम्म भिडियोले ७५ हजार भ्यूज पाएको छ ।