न्यूयोर्कमा ‘मिस नेपाल युएसए २०२१’ आयोजना हुने

राम्रो अनलाइन     २७ साउन २०७८, बुधबार
न्यूयोर्कमा ‘मिस नेपाल युएसए २०२१’ आयोजना हुने

आगामी सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको न्यूयोर्कमा न्यूयोर्कमा ‘मिस नेपाल अमेरिका २०२१’ आयोजना गर्ने भएको छ । आयोजकले आफ्नो १० औं वार्षिक उत्सव भव्य मनाउँदै ‘मिस नेपाल अमेरिका २०२१’ आयोजना गर्न लागेको हो । अभिनेत्री तथा पूर्व मिस नेपाल माल्भिका सुब्बा प्रतियोगिताको  मुख्य प्रशिक्षकका रुपमा नियुक्त भएकी छन् । सुब्बाले प्रतिस्पर्धी हरुको व्यक्तित्व विकास र सौन्दर्य निखार्नेछिन् ।

अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवतीहरूले प्रतिभा निखार्ने उदेश्यले नियमित रुपमा आयोजना हुँदै आएको प्रतियोगितामा सहभागिताका लागि १ सेप्टेम्बर २०२१ सम्म आवेदन दिन सकिने आयोजकले जनाएको छ ।
उद्यमी अमित शाहले सुरु गरेको प्रतिस्पर्धा अमेरिकामा बसोबास गर्दै आएका नेपाली युवाहरुका लागि नेटवर्किङ, सशक्तीकरण, क्षमता प्रस्फुटन र पहिचानका लागि उचित मञ्च हुने आयोजकको दाबी रहेको छ । प्रतिस्पर्धाले नेपाल र अमेरिका दुवै देशको सांस्कृतिक विविधतालाई समेत उजागर गर्ने गर्दछ ।

मिस नेपाल युएस प्रतिस्पर्धाले हालसम्म नेपाली महिलाहरुलाई शिक्षा र सशक्तिकरणका निमित्त विभिन्न च्यारिटीमार्फत् ८० हजार डलर्स बराबरको सहयोग प्रदान गरिसकेको छ । त्यसैले पनि यस कार्यक्रमले महिलाहरुलाई छात्रवृत्ति प्राप्त गर्न, आफ्नो नेटवर्क बृद्धि गर्न, जीवनोपयोगी कला अभिवृद्धि गर्न र आफ्नो समुदायमा केही योगदान पुर्र्याउने आयोजकको भनाई रहेको छ ।

२०११ मा न्यूयोर्क शहरबाट सुरु भएको मिस नेपाल युएसमा पहिलो बिजेता सुजिता बस्नेत भएकी थिइन् । कार्यक्रमलाई न्यूयोर्क, भर्जिनिया, नेब्रास्का लगायत प्रदेशका गर्भनर, युएस राजदूतावास लगायत संस्थाले आधिकारिक मान्यता समेत प्रदान गरेको कार्यक्रमका संस्थापक तथा अध्यक्ष अमित शाहले बताए ।

प्रतिक्रिया