लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुखमा सिफारिस 

राम्रो अनलाइन     १२ साउन २०७८, मङ्गलबार
लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान गुरुङ प्रदेश प्रमुखमा सिफारिस 

काठमाडौँ, १२ साउन  ः सरकारले लुम्बिनी र गण्डकी प्रदेशका प्रमुखहरु परिवर्तनको सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले चितवनका पृथ्वीमान गुरुङलाई गण्डकी र अमिक शेरचनलाई लुम्बिनी प्रदेश प्रमुखमा नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । 

मन्त्रिपरिषद्को उक्त सिफारिससँगै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्तको प्रक्रियामा गएका छन् । शेरचन यसअघि गण्डकी प्रदेश प्रमुख थिए ।  अघिल्लो सरकारले उनलाई पदमुक्त गरेको थियो । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका शेरचनलाई नेकपा (माओवादी केन्द्र) ले प्रदेश प्रमुखमा सिफारिस गरेको हो । यस्तै गुरुङ नेपाली कांग्रेस चितवनका पूर्वसभापति थिए। 

प्रतिक्रिया