३८० किलो गाँजासहित २ जना पक्राउ

राम्रो अनलाइन     ०३ पुस २०८०, मङ्गलबार
३८० किलो गाँजासहित २ जना पक्राउ

चितवन– भरतपुर महानगरपालिका– १ आँपटारीबाट मंगलबार बिहान दुई जनालाई ३८० किलो गाँजासहित प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा भारत सम्बल बस्ने ४५ वर्षीय अनिल गिरी र  ३० वर्षीय राजपाल रहेका छन् । भारतीय ट्रकलाई जाँच गर्ने क्रममा ट्रकको अगाडि क्याबिनमा फल्स बटम बनाई लुकाएको २८ पोका बरामद गरेको हो । यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया