मुक्का प्रहारबाट मृत्यु

राम्रो अनलाइन     ०८ असार २०७८, मङ्गलबार
मुक्का प्रहारबाट मृत्यु

रोल्पा ८ असार : मुक्का प्रहारबाट एक किशोरको  मृत्यु भएको छ  । मृत्यु हुनेमा  रोल्पा नगरपालिका –९ ह्वामाका  १८ वर्षीय अबिलाश घर्तीमगर  छन् । 

यही असार १ गते २४ वर्षीय धनिमान पुनमगर र  अबिलाशका बीचमा बच्चाका अन्नप्राशनमा मादक पदार्थ सेवन गर्दा विवाद भएको र सोही क्रममा धनिमानले अबिलाशलाई पेटको संवेदनशील  भागमा मुक्का प्रहार गरेका बताइएको छ ।  गम्भीर घाइते अबिलाशको उपचारका  क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी  नायब उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।  उनले मुक्का प्रहार गर्ने धनिमानलाई पक्राउ गरिएको जानकारी दिए । 

प्रतिक्रिया